बैंकका कर्मचारी सवार रहेको बस दुर्घटनामा, २५ जना कर्मचारी घाइते

Jhalkonepal

काठमाण्डाैं, जेठ १८

ग्लोबल आईएमई बैंकका कर्मचारी सवार बस बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ मा दुर्घटनामा परेको छ ।

बिहीबार भएको पर्यटक बस दुर्घटनामा २५ जना कर्मचारी घाइते भएका हुन् । ग्लोबल आईएमई बैंकका कर्मचारी सवार बाग्मती प्रदेश ०१० प ०१ – १७३२ नम्बरको पर्यटक बस बिहीबार अपराह्न दुर्घटना भएको थियाे ।

बस महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै थियो । दुर्घटनामा केही गम्भीर घाइतेलाई खुर्कोटस्थित अस्पतालमा र केहीलाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनीहरू बर्दिवासमा तालिममा सहभागी भएर फर्किंदै थिए । बस सडकबाट ३० मिटर खसेको थियो।

प्रतिक्रिया