काठमाण्डौ, पुस १
पेट्रोल र डिजेलको भाउ हेरफेर भएको छ ।
नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै सोमबार पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ बढाएको र डिजेल-मट्टीतेलमा दुई रूपैयाँ घटाएको जानकारी दिएको छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ
३० मङ्सिर २०८१, सोमबार ०८:१३ मा प्रकाशित