गुल्मी, असार १५
गुल्मीमा
गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु
भएको छ ।
मालिका गाउँपालिका–६ अर्जेको
कँडेलपाटामा भेषबहादुर विकको घर गएराति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी
कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार ५६ वर्षीय भेषबहादुर वि.क.
उनकी
श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र
दुई वर्षीया विपना पहिरोमा पुरिएका हुन् । उनीहरू पाँच जनाकै शव भेटिएको छ ।
स्थानीयको सहयोगमा प्रहरीले पहिरोमा
पुरिएकाहरुको खोजी गरेको मालिका–६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिए ।
१५ असार २०८१, शनिवार १०:१२ मा प्रकाशित