पाल्पामा टिपर दुर्घटना दुई जनाको मृत्यु

Jhalkonepal

काठमाडौं , फागुन ७

पाल्पाको माथागढी नगरपालिका–५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका १६ बस्ने २४ वर्षीय प्रदीप कुमाल र सहचालक सोही ठाउँका १८ वर्षीय मनिष परियार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठले जानकारी दिनुभयाे । लु २ ख ५६१ नम्बरको टिपर आज बिहान ९ दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो ।  उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले  बताएकाे छ ।

प्रतिक्रिया