काठमाडौं ,कार्तिक ९
सत्तागठबन्धन दलका शीर्ष नेताहरूले केपी ओली नेतृत्व
सरकारको सय दिनको समीक्षा गरेका छन् ।
बालुवाटारमा
बसेको सत्तारुढ ४ दलको बैठकले ७ बुँदे संयुक्त वक्तव् जारी गर्दै अहिलेसम्मका
कामको समर्थन र आगामी दिनमा प्रभावकारी रूपमा काम गर्ने प्रतिवद्धता जनाएको एमाले
महासचिव शंकर पोखरेलले जानकारी दिए ।
कांग्रेस-एमालेबीचको सात बुँदे सहमतिको जगमा सरकार
बनेपछि मुलुकलाई आर्थिक संकटको अवस्थाबाट बाहिर निकाल्न, सुशासन र विकासको दिशामा अघि बढाउन महत्वपूर्ण कदम
अघि बढाएको गठबन्धनको निष्कर्ष छ ।
सरकारलाई थप प्रभावकारी बनाउन दलहरूले साझा दृष्टिकोण
सार्वजनिक गरेका छन् ।



८ कार्तिक २०८१, शुक्रबार ०५:४८ मा प्रकाशित