काठमाडौं, असार २९
नेपाली
कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
शनिबार
दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बोलाइएको बैठकमा केन्द्रीय
कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले
जानकारी दिए । कांग्रेस नयाँ सत्ता गठबन्धनको प्रमुख दल हो ।
बैठकमा
पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन बारे छलफल हुने एक नेताले जानकारी
दिए ।
शुक्रबार राति कांग्रेस र नेकपा एमालेका १६६ सांसदको
समर्थनसहितको नयाँ प्रधानमन्त्रीमा केपी ओलीलाई नियुक्त गर्न दाबी प्रस्तुत गरिएको
छ । राष्ट्रपतिको सचिवालयले आवश्यक अध्ययन गरेर आइतबार नयाँ प्रधानमन्त्री नियुक्त
गर्ने संकेत गरेको छ ।
२९ असार २०८१, शनिवार १०:०३ मा प्रकाशित