लगातारको वर्षाले बाढी र पहिरो: पाँच स्थानमा राजमार्ग अवरुद्ध, नेपाल–चीन नाका बन्द

Jhalkonepal

काठमाडौं- लगातार परेको अविरल वर्षाले देशका विभिन्न भागमा बाढी र पहिरो निम्त्याउँदा प्रमुख राजमार्गहरू ठप्प परेका छन् । संखुवासभा, रसुवा र सिन्धुपाल्चोक जिल्लामा सडकहरू पूर्ण रूपमा अवरुद्ध भएपछि चीनसँगको नाका पनि बन्द भएको प्रहरीले जनाएको छ ।

संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवाको कोशी राजमार्ग पहिरोले अवरुद्ध भएको छ । उता, रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा आएको बाढीले सडक बगाउँदा पासाङल्हामु राजमार्ग ठप्प भएको छ, जसले रसुवागढी नाका पूर्ण रूपमा बन्द भएको हो ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलामा ठूलो पहिरो खसेपछि अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ । पहिरो पन्छाउने र सडक खुलाउने प्रयास भइरहेको भए पनि लगातारको वर्षाका कारण उद्धार तथा मर्मत कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया