काठमाडौं , फागुन
३०:
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वासको मत मागेका छन्। प्रतिनिधिसभा बैठकमा प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले विश्वासको मत दिन आग्रह गरेका हुन् ।
विश्वासको मत माग्न अघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका थिए । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। सरकारको नेतृत्व गरेको १४ महिनाको अवधिमा उनले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्।
२९ फाल्गुण २०८०, बुधबार १२:३६ मा प्रकाशित