प्रधानमन्त्री विरुद्ध दर्ता भएको अवहेलना सम्बन्धी निवेदनको आज सुनुवाइ हुँदै

Jhalkonepal

काठमाडाैं , फागुन ४

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्चमा दर्ता भएको अदालतको अवहेलना सम्बन्धी निवेदनको आज सुनुवाइ हुँदैछ ।

अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टी इस्टेट्स सम्बन्धी फैसला कार्यान्वयन नगरेर अदालतको अवहेलनामा कारबाही हुनुपर्ने माग सहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका हुन् । उक्त निवेदनको पेसी आजका लागि तोकिएको छ ।

प्रतिक्रिया