सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Jhalkonepal

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा सुन तोलामा ६०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७७ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार २७० रुपैयाँ कायम भएको छ ।

हिजो मंगलबार एक तोला सुन दुई लाख ७७ हजार ९०० रुपैयाँ र चाँदी चार हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन ९८६ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया