इटहरीका सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने ,टाई हटाएर भादगाउँले टोपी अनिवार्य

Jhalkonepal
सुनसरी , माघ २५

इटहरी उपमहानगरपालिकाले नगर भरीका सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ । 


नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा उपमहानगरले निजी र सामुदायिक विद्यालयको पोशाकमा एकरूपता ल्याउन लागेको हो । निजी विद्यालयले थरी थरीका रंगी चंगी पोशाक प्रचलनमा ल्याएका र पाेशाककाे बिषयमा अभिभावककाे गुनासाे बढेसंगै नगरले यस्ताे निर्णय गरेकाे इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेलले बताउनुभयाे । 


याे निर्णय लागू भएपछि इटहरीका १३४ निजी र ३६ सामुदायिक गरि १७० वटा विद्यालय मा पढ्ने ६३ हजार ५२६  विद्यार्थी एउटै पोशाकमा विद्यालय जानेछन् ।


 इटहरी भित्रका निजी तथा  सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एक खालको पोसाक लगाउनुपर्ने गरी नियम बनाएर विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउन नगर शिक्षा समिति इटहरीले यस्तो निर्णय गरेको जनाएको छ । विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने निर्णय समेत भएकाे पाैडेलले बताउनुभयाे । 

प्रतिक्रिया