महावीर पुनको भनाइ: 'मन्त्री नभनी ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु'

Jhalkonepal

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि सिफारिस भएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई ‘मन्त्री’ भनेर नबोलाउन आग्रह गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार उनको नाम मन्त्रिपरिषदमा सिफारिस गरेपछि, पुनले सामाजिक सञ्जालमार्फत जनाउँदै यस्तो भनाइ राखेका हुन्।

फेसबुक पोस्टमार्फत पुनले लेखेका छन्, ूमलाई कसैले पनि मन्त्री नबोलाउनु होला। यदि कोही बोलाउनै चाहन्छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भनेर बोलाउनुहोस्।ू

उनी थप लेख्छन्, “मेरो पहिलो घोषणा— कसैले पनि बधाई दिन फोन नगर्नु होला, न त खादा-मालासहित बधाई दिन आउनु। बरु यदि शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा आगामी ५ महिनाभित्र गर्न सकिने कुनै उपयोगी योजना वा आइडिया छ भने, मेरो ह्वाट्सएपमा पठाउनुहोस्।”

साथै उनले स्पष्ट पारेका छन् कि पद वा सत्ता होइन, काम र योगदानमा उनको चासो केन्द्रित हुनेछ।

पुन आजै राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने तयारीमा छन्।

प्रतिक्रिया