काठमाण्डाै, भदाै १२
सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रमाणित गरेका छ्न् ।
उक्त विधेयक सभामुख घिमिरेबाट बुधवार
प्रमाणित गरिएको उनको सचिवालयले जनाएको छ । संघीय संसद्का दुवै सदनबाट पारित भएपछि
यो विधेयकलाई सभामुखले प्रमाणित गरेका हुन् ।
टीआरसी विधेयक साउन ३० गते प्रतिनिधिसभा र
भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो ।
अब यो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण
भएपछि यसले कानूनको मान्यता पाउनेछ र कार्यान्वयनमा आउनेछ ।
११ भदौ २०८१, बुधबार ०२:४६ मा प्रकाशित