काठमाण्डाै, पुस २८
सहकारी ठगी मुद्दामा काठमाडौं
जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको
बयान सकिएको छ।
आइतबार नै अदालत उपस्थित भएका उनको बयान झण्डै साडे २ घण्टा चलेको
थियो । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा अपराह्न साढे १२ बजे सुरु
भएको लामिछानेको बयान झण्डै ३ बजेसम्म चलेको थियो ।
अदालतमा अहिले थुनछेक बहस जारी छ । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ र
सुशील पन्तले उनको पक्षमा बहस सुरु गरेका छन् । लामिछानेको पक्षमा बहस सकिएपछि
सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला
न्यायाधिवक्ता खडान्द्रराज कटवालसहित १० जनाले बहस गर्ने छन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की
२७ पुस २०८१, आईतबार ०३:४६ मा प्रकाशित