काठमाण्डौ, असार १४
स्थानीय सीतापाइलास्थित सिभिल होमनजिक
छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका
प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका–६
खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो । दर्नाल आफैँले
चलाएको बाप्र०२७च ०४९१ नम्बरको कार कल्भर्टबाट खसेर उक्त दुर्घटना भएको थियो ।
राती खसेका उनको आज बिहान उद्धार गरिएको हो । उनको मनमोहन मेमोरियल अस्पतालमा
उपचारका क्रममा मृत्यु भएको हो ।
१४ असार २०८१, शुक्रबार ०९:२९ मा प्रकाशित