नेम्वाङको पार्थिव शरीर निवासमा ,भोलि बिहान ११ बजे आर्यघाटमा अन्त्येष्टि

Jhalkonepal

काठमाण्डौ, भदौ २७

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई   बालुवाटारस्थित निवासमा राखिएको छ। 

अब नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा  लगिएको नेकपा एमालेका केन्द्रीय प्रचार विभागले जनाएको छ ।  विदेशबाट दुबै छोराहरू आएपछि  पार्थिव शरीर बालुवाटारस्थित निवासमा लगिएको हो । 

भोलि  बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । नेम्वाङको हिजो  बिहान हृदयघातबाट निधन भएको हो।  सरकारले नेम्वाङको निधनमा भोलि शोक विदा घोषणा गरेको छ।

प्रतिक्रिया