द्वारिकाज होटलकी संस्थापक श्रेष्ठको पशुपतिको आर्यघाटमा अन्त्येष्टि

Jhalkonepal

काठमाडौं, साउन ५

द्वारिकाज होटलकी संस्थापक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

 लामो सयमदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराई रहेकी ९२ वर्षीया श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार निधन भएको थियो । 

स्व श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनको निधनबाट सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको श्रद्धाञ्जली दिन पशुपति पुगेकाहरूले बताएका थिए । 

प्रतिक्रिया