पेट्रोलियम पदार्थको मूल्य वृद्धि

Jhalkonepal

काठमाडौं,माघ २

नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य वृद्धि गरेको छ ।

बुधवार मध्य रातिदेखि लागू हुने गरी निगमले पेट्रोलको प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल तथा मट्टितेलको प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको हो ।

अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ तथा तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ कायम भएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट मूल्यवृद्धि भएर आएपछि नेपालमा पनि वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया