सुनसरी , असार २४
झापाको बिर्तामोडमा पत्रकारितामा
नयाँ प्रविधि विषयक तालिम तथा अन्तरक्रिया
सम्पन्न भएको छ ।
प्रेस काउन्सिल नेपालको आयोजना र नारी
सञ्चार गृह झापाको संयोजनमा २ दिन सम्म संचालित कार्यक्रममा प्रेस काउन्सिलका
अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिता पालनामा जोड दिंदै पेशामा आफूलाई
अब्बल बनाउन सके पत्रकारितामा भविष्य पनि राम्रो रहेको बताउनुभयो । पत्रकार जनताका स्थायी जनप्रतिनिधि रहेको
उल्लेख गर्दै बस्नेतले पेशामा निखार ल्याउन सुझाब समेत दिनुभएको छ ।
बिषय बस्तुमाथि सहजीकरण गर्दै बस्नेतले
युट्युवले समाजको समेत ध्यान खिचेको
बताउँदै युट्युव सञ्चालकले अपनाउनुपर्ने सावधानी,
फेक न्यूजले समाजमा पार्ने असर, युट्युव
सञ्चालकले भ्युजका लोभमा राख्ने गरेका हेडिङ,
फेक न्यूज प्रशारण गर्ने युट्युव
च्यानललाई काउन्सिलले गर्दै आएको निगरानी,
नियन्त्रण र कारवाही जस्ता विषयमा
जानकारी दिनुभयो ।

त्यस्तै प्रेस काउन्सिलका बोर्ड सदस्य
गणेश पोखरेलले पत्रकार आचारसंहिता र समाचार तथा पत्रपत्रिकामा जानेर वा नजानेर
प्रयोग हुँदै आएका लैङ्गिक हिंसात्मक शब्दहरुका बारेमा उदाहरण सहित सहजीकरण गर्नुभयो
।
त्यस्तै नारी सञ्चार गृहकी पूर्व
अध्यक्ष अम्बिका भण्डारीले महिला पत्रकारको अवस्था र मुद्दाका विषयमा प्रस्तुतीकरण
गरेको कार्यक्रममा नारी सञ्चार गृह झापाका बारेमा संस्थाकी अध्यक्ष रेजिना गौतमले
प्रकाश पार्नुभयो ।
अनौपचारिक रुपमा समापन गरिएको तालिममा
सहभागिहरु नारी सञ्चार गृह झापाकी अध्यक्ष सावित्रा दाहाल, गणेशमान
मुखिया, ज्ञानेन्द्र निरौला,
रमा दाहाल, सुप्रिया
राई, रुमा रिजाल, राजेन्द्र गौतम, सुब्रत
न्यौपाने, खगेन्द्र घिमिरे कार्यक्रम उपलब्धीमूलक रहेको प्रतिक्रिया
दिंदै आगामी दिनमा प्रविधि सम्बन्धी तालिमलाई अझ जोड दिन आग्रह गर्नुभयो ।
पत्रकारितामा नयाँ प्रविधिमा अन्तर्गत माेबाइल पत्रकारीता र यसका चुनौतिका बारेमा
नसना बज्राचार्य र एआइका बारेमा प्रशिक्षक लीलाराज भट्टराईले सहजीकरण गर्नुभएको थियो । तालिममा मोरङ, सुनसरी, इलाम
र झापाका पत्रकारहरुको सहभागिता रहेको थियो ।