पर्वत, सावन ४
पहिरोले घर पुरिंदा एकै परिवारका दुई जना बेपत्ता भएका छन् । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा एक तले घर पुरिंदा एक दम्पती बेपत्ता भएका हुन् । घर पहिरोले पुरिए पछि ३२ बर्षिया पवित्रा विश्वकर्मा हाम फालेर बाहिर निस्के पनि उनका ससुरा ७६ वर्षीय छविलाल विश्वकर्मा र सासु ७६ वर्षीया विष्णुमती नभेटिएको उनले बताइएन ।
बेपत्ताहरुको खोजी गर्न प्रहरी र स्थानीयहरुले प्रयास गरिरहेका छन ।
४ साउन २०८२, आईतबार ०९:५६ मा प्रकाशित