पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नरेन्द्र मोदीबीच भेटवार्ता

Jhalkonepal

काठमाडौं , जेठ २८

भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले नवनियुक्त प्रधानमन्त्री मोदीलाई शपथ ग्रहण गराएपछि प्रधानमन्त्री मोदी र प्रचण्डबीच भेटवार्ता भएको  प्रधानमन्त्री सचिवालयले जनाएको छ। 

आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको थियो ।

मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डका साथमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रचण्डकी छोरी गङ्गा दाहाल लगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन्। प्रधानमन्त्री प्रचण्ड आज साँझ  स्वदेश फर्कने कार्यक्रम रहेको छ।   



प्रतिक्रिया