एसिसी यू–१९ महिला एसिया कपमा नेपालले आज पाकिस्तानविरुद्ध खेल्दै

Jhalkonepal

काठमाण्डौ, पुस १

मलेसियामा जारी पहिलो संस्करणको एसिसी यू–१९ महिला एसिया कपमा नेपालले आज पाकिस्तानविरुद्ध खेल्दैछ । समूह ‘बी’ अन्तर्गत यी दुई टिमबीचको खेल बिहान ११:४५ बजेदेखि मलेसियाको क्वालालाम्पुरमा सुरु हुनेछ ।  

जारी प्रतियोगितामा पाकिस्तानको यो दोस्रो खेल हो । ऊ पहिलो खेलमा भारत यू–१९ सँग ९ विकेटले पराजित भएको थियो । पाकिस्तान पहिलो जितको खोजीमा छ । नेपाल आज पाकिस्तानलाई हराउँदै सानदार सुरुवात गर्ने सोचमा छ ।   

नेपालले दोस्रो खेलमा मंगलबार भारतको सामना गर्ने तालिका छ । प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । एसियाबाट यू–१९ महिला विश्वकपमा छनोट भएकाले नेपालले एसिया कप खेल्ने मौका पाएको हो ।  

यू–१९ महिला विश्वकप अर्को संंस्करण आगामी वर्षको जनवरीमा मलेसियामा आयोजना हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । समूह चरणमा नेपालले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग खेल्नेछ ।  

प्रतिक्रिया