रौतहट : नेपाल तर्फ ल्याउन लागिएको ५ बोरा पटका बरामद

Jhalkonepal

रौतहट, कार्तिक ९
भारतबाट नेपाल तर्फ ल्याउन लागिएको ५ बोरा पटका भारतीय सुरक्षाकर्मीहरुले बरामद गरेका छन् ।
झरौखर थाना र एसएसबी क्याम्प जमुनियाको संयुक्त टोलीले सीमावर्ती भारतीय बजार घोडासहनबाट लुकिछिपी ल्याएर सीमा संग जोडिएको  लक्षमिनिया गाउँका विकेश जैसवालको घरमा  भण्डारण गरी राखिएको ५ बोरा पटका बिहीबार बरामद गरिएको हो। 
बरामद पटका आवश्यक कारबाहीको लागि झरौखर थानामा बुझाइएको तथा थप अनुसन्धान भइरहेको एसएसबी क्याम्प जमुनियाले जनाएको छ। तिहार र छठ पर्व नजिकिँदै जाँदा तस्करहरूले रौतहट, बारा लगायतको विभिन्न नाकाबाट लुकाई छिपाइ  पटका राजधानी काठमाडौँसम्म पुर्‍याउने गरेका छन् । 

प्रतिक्रिया