लुम्बिनी प्रदेशका मुख्यमन्त्री चाैधरीद्वारा राजीनामा

Jhalkonepal

 लुम्बिनी, चैत्र २२

 

 लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिनु भएको छ ।

 

 लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजनीनामा दिनु भएको हाे 

 

 सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले  समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो।

 

 आफ्नो पक्षमा बहुमत जुटाउन नसक्ने अवस्था रहेपछि विश्वासको मत लिने योजनाबाट पछि हट्दै संसद बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री चौधरीले राजीनामा दिनु भएको हाे ।

 

 

चौधरी गत वर्ष वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

 

एक महिना अघि केन्द्रमा फेरिएको सत्ता गठबन्धनसंगै नेकपा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएपछि चौधरी अल्पमतमा परेका थिए । यस बीचमा बहुमत जुटाउने प्रयास गर्दै उनले बिहीबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आह्वान गरेका थिए ।

 

 राजीनामा घोषणा गर्दै चाैधरीले प्रदेशको विकास र समृद्धिका लागि अब बन्ने सरकारलाई गुण र दोषका आधारमा समर्थन र आलोचना गर्ने बताउनु भयाे । चौधरीको राजीनामा संगै नयाँ सरकार गठनको बाटो खुलेको छ । 

प्रतिक्रिया