बाजुरामा बेवारिसे अवस्थामा एक महिला मृत फेला

Jhalkonepal

बाजुरा- बाजुरामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको बुढीगंगा नगर लास पार्टमार्टमको लागी अस्पताल बाजुराको शव गृहमा राखिएको प्रहरीले बताएको छ । घटनाबारे थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

पालिका वडा नं ६ स्थित  खोलामा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको हो । 

मृत फेला पर्नेमा बुढिगङ्गा नगरपालिका वडा नम्बर ५ निमनी बस्ने वीर बहादुर थापाकी ४५ बर्षकी श्रीमती ईश्वरी थापा रहेकी जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले बताए ।

उनका अनुसार,कालापानीको झुलङ्गे पुल नजिकै उनको शव फेला परेको बताए । प्रहरीको टोली करिब पाँच बजे घटनास्थलमा पुगि ७ बजेतिर उक्त लास पोस्टमार्टमका लागी जिल्ला अस्पताल पठाईएको बताए । 


प्रतिक्रिया