काठमाडौं, असार १
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ
।
शनिबार
बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा
मट्टीतेलमा प्रतिलिटर एक एक रुपैयाँ घटाएको हो ।
घटेको
मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ ।
मूल्य
घटेपछि काठमाडौं, पोखरा र
दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ
वरपर प्रतिलिटर १६४, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर
१६२ कायम भएको छ ।
त्यस्तै
डिजल र मट्टीतेलमा काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ
कायम भएको छ ।
१ असार २०८१, शनिवार ०९:१२ मा प्रकाशित