काठमाण्डौं, पौष ६
जनकपुर बोल्ट्स पहिलो एनपिएल २०२४ को च्याम्पियन बनेको छ । फाइनलमा सुदूरपश्चिलाई ५ विकेटले पराजित गर्दै जनकपुर च्याम्पियन बनेको छ । सुदूरपश्चिमले दिएको १८५ रनको विशाल लक्ष्यलाई जनकपुरले अन्तिम ओभरमा ५ विकेट गुमाउै सहजै लक्ष्य पुरा गरि च्याम्पियन बनेको हो । जारि एनपिएलमा यस अघि दुई पटक सुदूरपश्चिमसँग पराजित भएको जनकपुरले फाइनलमा भने उत्कृष्ट व्याटिंग गर्दै उपाधी चुमेको हो ।
जनकपुरलाई च्याम्पियन बनाउनमा श्रीलंकाली मुलका क्यानडाका खेलाडी, लाहिरु मालिन्थाले मुख्य भुमिका खेले । उच्च स्कोरको खेलमा मालिन्थाले ४९ बलमा ८९ रन को आक्रमक ब्याटिंग गर्दै सुुदूरपश्चिमलाई स्तब्ध पारेका हुन । जनकपुरमा कप्तानल आसिफ सेखले पनि ओपनिंग गर्दै १९ बलमा ३३ रन बनाए । यस्तै हर्ष ठेक्करले ३० रन बनाउदा सुदूरपश्चिमले १८ अतिरिक्त रन दिएको थियो ।
सुदूरपश्चिमका लागि स्कट कुगेल्जिन, इशान पाण्डेय, दिपेन्द्र सिंह ऐरी र सैयफ जैबले १,१ विकेट लिए ।
यसअघि टस जितेर पहिले व्याटिंग रोजेको सुदूरपश्चिमले सैफ जैयवको ६९ रनको आक्रमक व्याटिंगको मद्दतमा ९ विकेट गुमाएर १८४ रन बनायो । सुदूरपश्चिमका अर्का ओपनर विनोद भण्डारीले जैयवलाई साथ दिदै ३१ बलमा ४१ रन बनाए । यस्तै ब्रेन्डन मेक्मुलनले १४, हरमित सिंहले १४, र स्कट कुग्लेजिनले १३ रन बनाए ।
जनकपुरको लागि मोहम्मद मोसिन र किशोर महतोले ३,३ विकेट लिए । यस क्रममा मोहसिनले ४० रन खर्चे भने महतोले ३ ओभरमा २५ रन खर्चे । यस्तै जेम्स निसाम र ललित राजबंशीले १,१ विकेटको योगदान गरे ।