प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति र नेकपा एमालेका अध्यक्ष बीच छलफल

Jhalkonepal

 काठमाडौं, चैत १७ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच  साँझ छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच छलफल  भएको हो ।

२१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेपछि तीन नेताबीच पहिलो पटक छलफल हुन लागेको हो । 

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने निकाय संवैधानिक परिषदको बैठक आइतबार बोलाइएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र उपसभामुख सदस्य रहन्छन् ।

सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसँग सम्बन्धित टिआरसी विधेयक अघि बढाउने विषय छलफल हुने बुझीएकाे छ 

त्यस्तै संसदको अवरोध खोल्ने लगायत अन्य विषयमा पनि तीन शीर्ष नेताबीच छलफल हुने बताइएकाे छ । 

प्रतिक्रिया