कोरियाली भाषा परीक्षाकाे परीक्षाफल निस्कासन

Jhalkonepal

काठमाण्डाै , चैत २८

उत्पादनतर्फ भएको पहिलो चरणको कोरियाली भाषा परीक्षाकाे परीक्षाफल निस्कासन भएकाे छ ।

४० हजार ५८० जना सहभागी परीक्षार्थीहरू मध्ये यस परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थीहरू उत्तीर्ण भएका हुन् । रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका अनुसार पहिलो चरणको परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए । परीक्षा गत फागुन ७ गते देखि चैत २४ गतेसम्म भएको थियो ।

पहिलो चरणको परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूले सीप परीक्षणमा सहभागी हुनु पर्नेछ ।

सीप परीक्षण आगामी वर्षको वैशाख ९ देखि १५ गतेसम्म हुने शाखाले जनाएको छ। 

उत्पादन क्षेत्रतर्फको दोस्रो चरणको परीक्षा पनि वैशाखबाट हुनेछ ।

 

प्रतिक्रिया