काठमाडौं, असार १०
संघीय
मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवासम्बन्धी कार्य तत्काललाई स्थगन
गरेको छ ।
मन्त्रालयले
आइतबार एक सूचना जारी गरी अर्को प्रकाशन नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी
कार्य स्थगित गरेको जानकारी दिएको हो ।
कर्मचारी
सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकाले
सरुवासम्बन्धी कार्य स्थगन गर्ने असार ६ गतेको नेपाल सरकार सचिव बैठकले निर्णय
गरेको मन्त्रालयका शाखा अधिकृत सुरेश श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ ।
१० असार २०८१, सोमबार ०८:२४ मा प्रकाशित