काठमाडौं , फागुन २६
हङकङमा आज भएको खेलमा नेपालले २१३ रनको लक्ष्य पछ्याउने क्रममा १६.४ ओभरमा १३९ रनमै समेटिएको हो। नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ शेखले ३८ र रोहित पौडेलले ३० रन बनाए । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
हङकङका लागि एजाज खानले चार, इसान खानले तीन, इतिक इक्बल र नस्रुल्ला रानाले एक(एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको हङकङले ६ विकेटको क्षतिमा २१२ रन बनाएको थियो। हङकङका लागि बाबर हयातले विस्फोटक शतक प्रहार गरेका थिए। उनले ४९ बलमा तीन चौका र १३ छक्का प्रहार गर्दै ११० रन बनाए ।
त्यस्तै, अंशी राथले ३९, मार्टिन कोटेजले ३१ र एजाज खानले २१ रन बनाए ।
नेपालका लागि आकाश चन्दले तीन, आरिफ शेख, प्रतिश जीसी र रसिद खानले एक(एक विकेट लिए। चन्दले डेब्यू खेलमै तीन विकेट लिएका हुन्।
हङकङ भ्रमणमा रहेको नेपाली टोलीले अब पपुवा न्युगिनी सहितको टी २० शृङ्खला खेल्नेछ । त्रिदेशीय शृङ्खला अन्तर्गत पहिलो खेलमा नेपाल र हङकङले भोली आइतवार प्रतिस्पर्धा गर्नेछन्।
त्यस्तै, मंगलबार नेपाल र पपुवा न्युगिनीले दोस्रो खेल र तेस्रो खेलमा बुधबार हङकङ र पपुवा न्युगिनी विच प्रतिस्पर्धा गर्नेछन्।