तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

Jhalkonepal

काठमाडौँ : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला दुई लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९० हजार ९०० रुपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला पाँच हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १० रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया