सुन्तला वन्याे नेपालको राष्ट्रिय फल

Jhalkonepal

काठमाण्डाैं , चैत ३०

 मन्त्रिपरिषद बैठकले सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको छ ।

 

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

 

कृषि मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय भएको छ,’ उनले भनिन् ।

सुन्तलालाई राष्ट्रिय फल बनाउन २०७५/७६ तिर वाट नै सुरु भएको थियाे ।

 

नेपालमा करिब ६६ जिल्लामा सुन्तला खेती हुन्छ भने ४५ जिल्लामा व्यावसायिक खेती गरिन्छ । नेपालमा  एक लाख ९८ हजार हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने गरेको छ । 

औसतमा १७ लाख ७७ हजार टन उत्पादन हुने गरेको छ । १० लाख हेक्टर सुन्तला उत्पादन हुने क्षेत्रफल छ । नेपालमा सुन्तला जातकाे फलफूल खेती परापूर्व कालदेखि मध्यपहाडी जिल्लामा हुँदै आएकोमा हाल आएर तराईका जिल्लामा पनि व्यावसायिक रूपमा सुरु गरिएकाे छ । 

प्रतिक्रिया