लुम्बिनी, असार ७
बुटवलको मिलनचोकमा रहेको डेल्टा
मार्टमा हिजे साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ ।
तीन तलाको मार्टको माथिल्लो तलाबाट
सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो ।
विद्युत् सर्ट भएर आगलागी भएको
हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मार्टको वरपर घना बस्ती भएकाले बस्ती
जोगाउन वारुणयन्त्र प्रयोग गरिएको थियो तर मार्टमा भने पूर्णरुपमा क्षति पुगेको छ
। आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर यकिन
विवरण नआइनसकेको इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ ।
आगो निभाउनका लागि रुपन्देहीका तिलोत्तमा, सैनामैना, सिद्धार्थ, देवदह, सुनवल नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दमकल ल्याइएको थियो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र, स्थानीयलगायतको प्रयासका कारण बस्तीमा आगो सल्कनबाट जोगिएको प्रहरीको भनाइ छ ।
बुटवल उपमहानगरपालिका-८ स्थित मिलनचोकमा रहेको उक्त
मार्टमा शैक्षिक सामग्रीसहित जुत्ताचप्पल र नेपालमा उत्पादित कपडालगायतका पसल तथा
केही कम्पनीका कार्यालय पनि थिए ।