काठमाडौं, मंशिर ६
आजदेखि ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म
साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ। ललितपुरको यलमाया केन्द्रमा हुने
चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन
गरिनेछन् । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका नौ देशका चलचित्र
प्रदर्शन हुँदैछन् ।
महोत्सवका सहायक
निर्देशक पवस मानन्धरले यस वर्ष वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप
गरिएको उल्लेख गर्दै उत्कृष्ट चलचित्र, जुरी
अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र र उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस
अवार्डको लागि प्रतिस्पर्धा हुने जानकारी दिए ।
‘बिहान ९ बजेदेखि महोत्सव सुरु हुनेछ । निर्देशनसम्बन्धी कार्यशाला पनि
हुँदैछ’, उनले भने, ‘वृत्तचित्र
हेर्न र सिर्जना गर्न चाहनेका लागि यो महोत्सव सुनौलो अवसर हो ।’ कार्यशालामा
भारतका निर्देशक कवीर खानको उपस्थीति समेत रहने बताइएको छ । महोत्सवमा पहिलो दिन
तीनवटा हलमा विद्यार्थीहरुद्वारा सिर्जित सात लघु चलचित्र प्रदर्शन गर्ने तयारी
रहेको छ ।
५ मङ्सिर २०८१, बिहिबार ०८:२३ मा प्रकाशित