रास्वपाले वाेलायाे सचिवालय बैठक

Jhalkonepal

काठमाण्डाै, पुस १२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। 

शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरि सचिवालय बैठक बोलाइएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

झाका अनुसार बैठकमा मुलुकको समसामयिक राजनीति परिस्थिति, पार्टीको केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी लगायतका विषयमा छलफल हुनेछन् ।

पार्टी सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि रास्वपाले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहक सभापति तोकेको छ ।

 

प्रतिक्रिया