काठमाण्डाै, पुस १२
राष्ट्रिय स्वतन्त्र पार्टी
(रास्वपा)ले सचिवालय बैठक बोलाएको छ।
शुक्रबार दिउँसो ३ बजे केन्द्रीय
कार्यालय वनस्थलीमा बस्नेगरि सचिवालय बैठक बोलाइएको रास्वपाका कार्यवाहक प्रवक्ता
मनिष झाले जानकारी दिए ।
झाका अनुसार बैठकमा मुलुकको समसामयिक
राजनीति परिस्थिति, पार्टीको केन्द्रीय विभागमा मनोनयन, आगामी
केन्द्रीय समिति बैठकको तयारी लगायतका विषयमा छलफल हुनेछन् ।
पार्टी
सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको
मुद्दा लागेपछि रास्वपाले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहक सभापति
तोकेको छ
।
११ पुस २०८१, शुक्रबार ०८:०८ मा प्रकाशित