काठमाण्डाैं, जेठ २२
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी
हिन्दू पवित्र शहर वाराणसीको प्रतिनिधित्व गर्ने आफ्नो निर्वाचन क्षेत्रबाट एक लाख
५२ हजार मतान्तरले पुनः निर्वाचित हुनुभएको छ ।
मोदी र उहाँका
सहयोगीहरू (एनडीए) मङ्गलबार देशको आम चुनावको मतगणनामा विजयका लागि अघि बढिरहेका छ
। तर विपक्षी उम्मेदवारहरूले अग्रता लिँदा संसदीय बहुमत अत्यन्त कम भएको छ ।
टिप्पणीकार र एक्जिट पोलहरूले मोदीका
लागि भारी विजयको प्रक्षेपण गरेका थिए । निर्वाचन आयोगको तथ्याङ्कअनुसार एक
दशकमा पहिलो पटक मोदीको भारतीय जनता पार्टी (भाजपा) आफ्नै पूर्ण बहुमत प्राप्त
गर्न असफल हुन सक्ने देखिएको छ ।
यसको अर्थ सरकार बनाउन भाजपा आफ्नो
गठबन्धन साझेदारहरूमा भर पर्नुपर्नेछ । बयानब्बे प्रतिशत मत गणनामा भाजपाको
३७ दशमलव एक प्रतिशत सन् २०१९ को यसअघिको निर्वाचनको तुलनामा थोरै कम हो । मुख्य विपक्षी
कांग्रेस पार्टीले आफ्नो संसदीय सिटहरू झण्डै दोब्बर बनाउन सक्ने अनुमान गरिएको छ
। निर्वाचन आयोगको तथ्याङ्कले भाजपा र यसका सहयोगीहरूले कूल पाँच सय
४३ मध्ये कम्तीमा दुई सय ८२ सिटमा अगाडि रहेको देखाएको छ ।
यो संसदीय बहुमतका लागि पर्याप्त छ । तर भाजपा स्वयं भने
दुई सय ३९ सीटमा मात्र अगाडि रहेको छ । पाँच वर्षअघिको निर्वाचनमा भाजपाले प्राप्त
गरेको तीन सय तीन सिटभन्दा यो धेरै कम हो । कांग्रेस भने अघिल्लो निर्वाचनमा
जितेको ५२ सिटबाट बढेर ९९ मा अगाडि रहेको छ ।