काठमाडौं असार ३०
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुँदैहुनुहुन्छ।
राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीलाईनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ दिने तयारी छ ।
नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति नै ओलीले संविधानको धारा ७६ (२) बमोजिमको प्रधानमन्त्री दाबी पेश गरेका छन् । पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय दिनुभएकाे छ।
३० असार २०८१, आईतबार ०६:४९ मा प्रकाशित