आज देशभर राष्ट्रिय योग दिवस मनाइँदै

Jhalkonepal

काठमाडौं , माघ १

आज देशभर दशौँं राष्ट्रिय योग दिवस मनाइँदैछ ।
‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने नाराका साथ योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। 
योगको महत्वबारे बुझाउने उद्देश्यले वर्षेनी माघ १ गते राष्ट्रिय योग दिवस मनाउने गरिन्छ। २०७२ साउन २८ गते बसेको मन्त्रिपरिषद बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरी यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो।    
योग दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मानिस शारीरिक र मानसिक रुपले स्वस्थ रहनका लागि योग महत्वपूर्ण माध्यम भएको उल्लेख गरेका छन्। 
 

प्रतिक्रिया