आजदेखि मौसम सुधार

Jhalkonepal

काठमाडौ , असोज १३

आजदेखि मौसम सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनअनुसार आइतबार भारी वर्षाको सम्भावना छैन। 

यद्यपि मनसुनी वायुसँगै  भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको उत्तरपूर्वी अरब सागरदेखि उत्तरपश्चिम बिहारसम्म फैलिएको न्यून चापीय रेखाको पनि  प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ।  

प्रतिक्रिया