आज कस्तो देशभरिको मौषम

Jhalkonepal

काठमाण्डौं, फागुन १

पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार देशका पहाडी भू—भागमा छिटपुट वर्षाको सम्भावना रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जानकारी दिएको छ।

महाशाखाकाअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ।

मंगलबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने र देशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् बताएको छ।

प्रतिक्रिया