काठमाण्डौ, सावन १२
नेपाल सरकारका दुई महिला सहसचिव, सचिवमा बढुवाका लागि सिफारिस भएका छन् । सोमबार विहान बसेको न्याय सेवा आयोगको बैठकले कानून समूहका दुई सहसचिव निर्मला अधिकारी भट्टराई र इन्दिरा दाहाल भट्टराईलाई सचिवमा बढुवा सिफारिस गरेको हो ।
सचिव बढुवा भएकी निर्मला अधिकारी भट्टराई अहिले सत्य निरुपण तथा मेलमिलाप आयोगमा सहसचिवको जिम्मेवारीमा छिन । बढुवा पछि पनि उनी पनि सत्य निरुपण तथा मेलमिलाप आयोगमै रहनेछिन् । उनी बढुवाको सिफारिस हुनुअघि कामूको जिम्मेवारीमा थिइन् ।
यस्तै अर्की सहसचिव इन्दिरा दाहाल भट्टराई निर्वाचन आयोगमा दरबन्दी रहेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा कार्यरत सहसचिव पदमा छिन । बढुवा पछि उनी नेपाल कानून आयोगमा सिफारिस भएकी हुन् ।
१२ साउन २०८२, सोमबार ०१:३१ मा प्रकाशित