अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

Jhalkonepal

गुल्मी , असार १८

अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदीअर्जेवाबिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प भएका छन् । 

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राष्ट्रिय गौरवको सो आयोजनाले सडक खुलाउने प्रयास गरे पनि भारी वर्षाका कारण उपकरण सञ्चालन गर्न नसकेको बताए । 

वर्षा नरोकिँदासम्म सडक खुलाउन नसकिने उनले जानकारी दिए । ‘अहिले भारी वर्षा जारी रहेको हुँदा सडक खुलाउन सकिएको छैनअहिले पनि सडकमाथिबाट लगातार पहिरो खसिरहेको छ, उपप्रमुख शर्माले भने । 

करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पनि पहिरोले सडक अवरुद्ध भएको छ । भारी वर्षाका कारण खुलाउन नसकिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।

प्रतिक्रिया