रौतहट इट्टा भट्टा मुद्धामा कांग्रेस नेता आलस सहित ४ जनालाई जन्म कैदको सजाय

Jhalkonepal

काठमाण्डौ, बैशाख १३

 नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको छ। न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमसहित ४ जनालाई जन्मकैदको फैसला सुनाएको स्रेस्तेदार उद्धव ढोडारीले जनाकारी दिए।

२०६४ चैत २७ मा राजपुरमा मानिसहरूको ज्यान जाने गरी बम बिस्फोटका घटना घटाएको अभियोग उनीहरूमाथि छ। यो मुद्दामा सरकारी वकिलले प्रतिवादी बनाएका मुक्ति साहले भने सफाइ पाएका छन्। जन्मकैद पाउनेमा आलम, उनका भाइ मोहम्मत महताव आलम, शेख सराद र बद्री सहनी छन्।

उनीहरूलाई पुरानो मुलुकी ऐन अनुसार जन्मकैद बापत २० वर्ष जेल सजाय हुने छ। यो मुद्दामा प्रतिवादी बनाइएकामध्ये बाँकी ६ जनाको मुद्दा भने मुल्तवीमा राखिएको छ। महमद मोविन, शेश फजले हक शेश भदै शाहिर आलम गौरी शंकर साह शेश मलाकारको मुद्दा मुल्तवीमा राखिएको हो।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साबिक राजपुर गाविस(४ फरहदवामा बम बिस्फोट गराएको र त्यसक्रममा केहीलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको आरोप कांग्रेस सांसद आलमसहितका व्यक्तिमाथि छ।

प्रतिक्रिया