काठमाडौं, पुस १
नेकपा एकीकृत समाजवादीले तत्काल पार्टी एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालको छ ।
पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको स्थायी कमिटिको बैठकपछि नेता जगन्नाथ खतिवडाले देशका अन्य कुनै पनि कम्युनिष्ट पार्टीसंग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको जानकारी दिए ।
उनले राष्ट्रिय एजेण्डमा सहकार्य गर्न तयार रहेको बताए। केन्द्रीय सदस्यहरुको कार्य विभाजन र आगामी कार्ययोजनालाई पारित गर्दै स्थायी कमिटिको बैठक मंगलबार सम्पन्न हुने उनले बताए । खतिवडाले जनताको घर–घरबाटै जनसंघर्षकै माध्यमबाट पार्टी निर्माण गर्न सकिने भएकाले जनताको घर–घरमा जाने सहितको निर्णय हुने जानकारी दिए।
३० मङ्सिर २०८१, सोमबार ०६:३७ मा प्रकाशित