प्रभु साहविरूद्ध अदालतको अवहेलना मुद्दा पेस

Jhalkonepal

काठमाण्डौं, माघ २०

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य प्रभु साहविरूद्ध अदालतको अवहेलना मुद्दा पेस भएको छ।

फेसबुकमा न्यायाधीशविरूद्ध लेखेपछि प्रदीपकुमार यादवले साहविरूद्ध मुद्दा हालेका हुन्। यो मुद्दा न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासमा पेस भएको छ। मुद्दा दर्ता भने भइसकेको छैन। उक्त इजलासले अवहेलना मुद्दा दायर गर्ने वा नगर्ने भन्ने विषयमा निर्क्यौल गर्ने अदालतका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए।

प्रतिक्रिया