गुल्मी, साउन १
गुल्मीको
धार्मिक पर्यटकीय क्षेत्र रेसुंगामा साउने मेला सुरु भएको छ ।
विगतका
वर्षहरुमा जस्तै यस वर्षपनि सदरमुकाम तम्घासदेखि माथिल्लो क्षेत्रमा पर्ने
रेसुंगामा एक महिने साउने मेला आयोजना गरेको मन्दिर व्यवस्थापन समितिले जनाएकाे हो
।
रेसुंगा
संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालका अनुसार विगतका वर्षहरुमा जस्तै एक
महिनासम्म धार्मिक प्रवचनसँगै दैनिक पूजा हुनेछ ।
रेसुंगामा
पूजा गर्न गुल्मीसँगै अर्घाखाँची, पाल्पा, बाग्लुङ, प्यूठान, रुपन्देहीलगायत नेपालका विभिन्न
ठाउँबाट भक्तजनहरु आउने गर्छन् । पोखरीमा नुहाउन र पूजा गर्न साउनभर भीड लाग्ने
गर्छ ।
मंगलबार
पहिलो दिन नै श्रद्धालु भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । रेसुंगाको पोखरीमा
नुहाउनाले पाप नष्ट हुने धार्मिक मान्यता छ ।
साउनभर
सञ्चालन हुने मेला अन्तर्गत साउन १ गते र साउने औंशी, एकादशीका दिन विशेष मेला लाग्ने
गर्छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडीको यात्रापछि उक्त स्थानमा पुग्न
सकिन्छ ।