काठमाडौं ,कार्तिक ८
साफ
महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई
हराएको छ ।
दशरथ रंगशालामा सम्पन्न
खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो ।
नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा
कार्कीले १-१ गोल गरे ।
यस जितले नेपाल समूह विजेता
पनि भएको छ । नेपाल र भुटानको समान ७-७ अंक भएपनि गोलअन्तरमा नेपालले १ गोलले अघि
रहँदै समूह विजेता बनेको हो ।
अब सेमिफाइनल खेल आइतबार
हुनेछ । पहिलो सेमिफाइनल दिउँसो १:३० बजे बंगलादेश र भुटानबीच हुनेछ । दोस्रो
सेमिफाइनलमा साँझ ५:३० बजे नेपाल र भारत भिड्नेछन् ।
७ कार्तिक २०८१, बिहिबार ०७:३० मा प्रकाशित