काठमाण्डौ – मौसममा खराबी आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण प्रभावित भएका छन् ।कतारको दोहाबाट काठमाण्डौ आएको कतार एअरवेजको जहाज २२ फन्का लगाएपछि बल्ल अवतरण भएको छ । जहाजले निजगढमाथिको आकाशमा १८ फन्का लगाएको थियो । त्यस्तै लालबन्दी माथिको आकाशमा पुगेर ५ फन्का लगाएर जहाज बल्ल अवतरण गरेको हो ।
यस्तै आन्तरिकतर्फ केही उडान रद्द भएका छन् भने केही डाइभर्ट भएका छन् । सुर्खेतबाट काठमाण्डौका लागि उडेको बुद्ध एअरको जहाज काठमाण्डौ नजिकै आएर भैरहवा डाइभर्ट भएको छ ।
९ फाल्गुण २०८०, बिहिबार ०८:५९ मा प्रकाशित