बागलुङको निसीखोलामा बस दुर्घटना : ९ जनाको ज्यान गयो

Jhalkonepal

काठमाण्डौ ,चैत ६ 

 बागलुङको निसीखोलामा बस  दुर्घटनामा ९ जनाको ज्यान गएको छ । २६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये २१ जनाको धौलागिरी अस्पताल बागलुङमा र ५ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ ।

पूर्वी रुकुमदेखि काठमाण्डौका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस हिजो बेलुका बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा रहेको  मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । जिल्ला  प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीका अनुसार ज्यान जानेहरुमा  चारजना  पुरुष र पाँचजना महिला रहेका छन् ।

 मृतककाे पहिचान हुन सकेकाे छैन । 

प्रतिक्रिया